सरकार निर्माण भएको ५१ दिन पुग्दासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धन सरकारमा मन्त्रालयको भागवण्डा र गठबन्धनमा रहेका दलभित्र मन्त्रीका आकांक्षीलाई व्यवस्थापन गर्न समय लागेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
मंलगबार भएको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २२ गतेसम्म मन्त्रिपरिषद् विस्तार नगर्न प्रस्ताव राखेका छन् ।
लामो समयसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा महत्वपूण काम पनि थाती रहेको अवस्थामा अझै समय लाग्ने भएपछि धेरैले आलोचना सुरु गरेका छन् ।
तै पनि नेताहरु आफूले भनेको भन्दा पहिले मन्त्रिपरिषद् विस्तार गर्ने छाटमा देखिन्नन् ।
सबै दलमा प्रायः सांसद मन्त्रीका आकांक्षी र मन्त्रीको कोटा थोरै भएकाले पनि समस्या परिरहेको छ । सबैभन्दा बढी सत्ताको नेतृत्वकर्ता कांग्रेसमा त्यसको असर परिरहेको छ ।
स्रोतका अनुसार सत्तारुढ गठबन्धनबीच कांग्रेसलाई ८, माओवादीलाई ७ र नेकपा –एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीलाई ५÷५ मन्त्री बनाउने सैद्धान्तिक सहमति छ । अझै भागवण्डा मिलाउने प्रयास पनि भइरहेको छ ।
गुट उपगुटमा विभक्त कांग्रेसमा पार्टीले पाउने ८ मन्त्रालयमा प्रधानमन्त्रीसहित चार मन्त्री बनिसकेका छन् । गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बनिसकेका छन् ।
अहिले बनेका सबै संस्थापनबाट भएकाले अब बन्ने मन्त्रीमा पर्न नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला निकट सांसदहरु लागिरहेका छन् ।
अब बन्ने चार मन्त्रीमा संस्थापनबाट एक, नेपा पौडेल समूहबाट दुई र कृष्णप्रसाद सिटौला समूहबाट एक मन्त्री बन्नेछन् ।
आफ्नो समूहबाट मन्त्रीमा पर्न संस्थापनमा अतहर कमाल मुसलवान, नारायण खड्का, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, किशोरसिंह राठोर, डा। डिला संग्रौला लागिरहेका छन् । कमालको मन्त्री बन्ने सम्भावना प्रवल छ ।
किनकि पार्टीको महाधिवेशन सुरु हुने प्रक्रिया चलिसकेको तथा यही सरकारले निर्वाचन गराउने भएकाले सबैलाई समेट्छ भन्ने देखाउन पनि मधेशी र मुस्लिमको प्रतिनिधित्वका लागि उनलाई मन्त्री बनाउने सम्भावना प्रवल छ ।
पौडेलले पाउने दुई मन्त्रालयमा एउटा पौडेल, अर्को महामन्त्री डा। शशांक कोइरालाको भाग लगाइएको छ ।
पौडेलबाट दिलेन्द्र बडू र राजेन्द्र केसी तथा डा। कोइरालाबाट डा। मीनेन्द्र रिजाल, संजय गौतम र कर्मा घलेमध्य एक मन्त्री हुने निश्चित छ । यता सिटौला समूहबाट उमाकान्त चौधरी र भिमसेनदाश प्रधान मध्य एक मन्त्री हुने निश्चित रहेको स्रोतहरु बताउँछन् । अभियान टाइम्सले यो समाचार लेखेको छ ।
कांग्रेसमा मात्र होइन, नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा पनि मन्त्रीका लागि हानथाप छ ।
दुवै पार्टीबाट मन्त्री बनाउन अध्यक्षहरुले सांसदहरुसँग छलफल गरे पनि धेरैको आकांक्षा रहेकाले मिलाउन सकिरहेका छैनन् ।
माओवादीले पाउने ७ मन्त्रालयमा माओवादीले अर्थमन्त्रीमा जनार्दन शर्मा र जलस्रोत, ऊर्जा तथा सिंचाईमन्त्री पम्फा भुसाललाई मन्त्री बनाइसकेको छ ।
अब माओवादीबाट ५ मन्त्री बन्न बाँकी छ । ५ जनामा उपप्रधानमन्त्री बन्ने भएमा नारायणकाजी श्रेष्ठ सरकारको नेतृत्व गरेर जानेछन् । त्यो नभएमा उनको कोटामा अञ्जना विशंखेलाई मन्त्री बनाउने तयारी दाहालको छ ।
त्यस्तै गण्डकीबाट बागलुङका देवेन्द्र पौडेललाई मन्त्री बनाउने तयारी छ । प्रदेश १ बाट सुदन किराती र र सुरेश राई९हिमाल०मध्ये एक जनालाई मन्त्री बनाउने तयारी अध्यक्ष दाहालको छ ।
बागमती प्रदेशबाट नुवाकोटका हितमान तामाङलाई मन्त्री बनाउने तयारी दाहालको छ । प्रदेश २ बाट फेरि पनि मात्रृका यादव मन्त्री बन्न सक्ने श्रोत बताउँछ ।
यता नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट भने मुकुन्द न्यौपाने वा वेदुराम भुसालको नेतृत्वमा सरकारमा पठाउने तयारी छ । तर वामदेव गौतम पार्टीमा आएर उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरेर जाने सम्भावना पनि छ ।
मन्त्रीमा रामकुमारी झाक्री, विरोध खतिवडा, जगन्नाथ खतिवडा, किसान श्रेष्ठ, पार्वती विसंके, खिमलाल देवकोटामध्य मन्त्री बन्ने सांसद मेटमणि चौधरीले जानकारी दिए । तराईंबाट सरला यादव तथा लुम्बिनीबाट हिरा केसीको नाम पनि मन्त्री बन्नेहरुको लिष्टमा छ ।





















प्रतिक्रिया