चलचित्रहरुमा समेत चुजी नायिकाको रुपमा चिनिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अब भने म्युजिक भिडियोमा देखिने भएकी छिन् । कोरोना महामारीले गर्दा डेढ वर्षदेखि चलचित्रका गतिविधि ठप्प हुँदा अन्य कलाकारहरु आकर्षित भएझैं साम्राज्ञीलाई पनि म्युजिक भिडियोले तानेको हो ।
साम्राज्ञीले म्युजिक भिडियोमा कुनै स्टारसँग स्क्रिन शेयर गर्दैछैनन् तर म्युजिक भिडियोको लागि उनलाई फोटोसुट गराइएको छ । केही वर्ष अगाडि आफ्नै आमाको स्वरमा रहेको एक गीतमा अभिनय गरेकी साम्राज्ञीले दोश्रो म्युजिक भिडियोमा अभिनय गर्न फोटोसुट गरेकी छिन् ।
ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको म्युजिक भिडियोमा उनले निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरू देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग स्क्रिन सेयर गर्नेछिन् ।
दिपेश सापकोटाको निर्देशनमा रहेको भिडिओमा गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा गीत छ। डीपी खनालका शब्द रहेको म्युजिक भिडिओमा शंकर थापा स्माइलको संगीत छ भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।
माइकल चन्दको कोरियोग्राफी रहेको गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । भिडियोलाई ट्री मिडियाको अफिसियल यु–ट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गर्ने भिडियो अगाडि शाहले देलविस र राज रोहनसँग केही फोटो सुट गराएकी छन् । तस्बिरमा तीनै जनाको रोमान्टिक पोज देख्न सकिन्छ ।




























प्रतिक्रिया