सिराहा स्थित मालपोत कार्यालय नजिकै बम विस्फोट भएको छ ।
उक्त बम विस्फोटका कारण ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिराहाले जनाएको छ । सिराहा प्रहरीका अनुसार घाइते मध्य १ जनाको अवस्था भने गम्भीर रहेको छ ।

सिराहा स्थित लहान नगर पालिकासँगै रहेको मालपोत कार्यलको प्राङ्गणमा कुकर बम विस्फोट भए हो भने हालसम्म विस्फोट गराउनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्माले बताएका छन् ।
बम बिस्फोट आइतबार दिउँसो १२ः४० बजे भएको हो ।





















प्रतिक्रिया