Logo

पत्रपत्रिका

जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा…!



– अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सकिनेबित्तिकै कलाकार पुरुषोत्तम भण्डारी प्रहसनका लागि स्टेजमा आए । पछिसम्म माधव नेपाललाई साथ दिएर अन्तिममा एमालेमै रहेका १० भाइ नेतालाई व्यंग्य गरे । यद्यपि नामचाहिँ घनश्याम भुसालको मात्रै लिए, ‘जेलैमा हो जेलैमा चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा ।’

– बैठकमा अध्यक्ष ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए । बीचमा पोखरेललाई प्रतिवेदन वाचनको जिम्मेवारी दिइएपछि महाधिवेशनस्थलमा ओलीले उनीहरूलाई नै उत्तराधिकारीका रूपमा अगाडि बढाउने गरी सन्देश दिएको हल्ला चल्यो ।

– प्रतिनिधिहरूलाई वितरण गरिएको पानीको बोतलमा पनि ओलीको तस्बिर भएको स्टिकर टाँसिएकाले कतिपयले उनलाई त्यति धेरै देवत्वकरण गर्नु गलत भएको टिप्पणी गरिरहेका थिए । नयाँ पत्रिका दैनिकमा छ ।

– अध्यक्ष केपी ओलीको ‘देवत्वकरण’ गर्ने गरी रत्नपार्कदेखि नै पोलहरूमा उनको फोटो झुन्ड्याइएको थियो । महाधिवेशन स्थलमा त पूर्णकदको डमीमा नै थियो । जसको अगाडि प्रतिनिधिहरू महाधिवेशन अवधिभर तस्बिर खिच्न झुम्मिएका थिए । ओलीलाई युवा संघका कार्यकर्ताले सातदोबाटोबाट स्कर्टिङ गरेर महाधिवेशनस्थल गोदावरी पुर्‍याएका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार ०९:४५   :  बजे

3.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।