Logo

प्रमुख समाचार

मुगु दुर्घटना अपडेट – मृतकको संख्या ३२ पुग्यो



मुगु । नेपालगञ्जबनट मुगु तर्फ गइरहेको बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । उक्त दुर्घटनाबाट २४ जनाको घटनास्थलमै, उपचारका लागि नेपालगञ्‍ज पुर्‍याएका ४ जना अस्पतालमा र थप ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटना गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको बताइएको छ ।

३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार १८:१७   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।