Logo

मनोरञ्जन

राष्ट्रिय संगीतकर्मी संघको पाँचौं महाधिवेशन : अध्यक्षमा शाह र महासचिवमा खाती विजयी



काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको ५औं महाधिवेशनबाट अध्यक्ष पदमा विक्रम जंग शाह भारी मतले विजयी भएका छन उन ले नवराज ढुंगानालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । यस्तै, महासचिवमा अमृत खाती भारी मतले विजयी भएका छन्।

उनले ऋषि अधिकारीलाई पराजित गर्दै महासचिव पदमा विजयी भएका हुन् । जम्मा ६३२ खसेको मतमा विक्रम जंग शाहले ५३८ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी नवराज ढुंगानाले ८५ मत प्राप्त गरेका छन् । महासचिव पदमा अमृत खातीले ४९८ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी ॠषि अधिकारीले १०६ मत ल्याएका थिए ।

महासचिव र अध्यक्ष पदबाहेक अन्य पदमा भने पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।वरिस्ठ्ठ उपाध्यक्षमा चर्चित गायक प्रकाश कटुवाल ,उपाध्यक्षहरुमा चर्चित गायिका उमा श्रेष्ठ ,मिलन श्रेष्ठ ,होम सुवेदी ,श्याम सुन्दर धिताल छन्।

उप-महासचिवमा गायक तथा सर्जक बिनोद ढकाल र जीवन परियार कोषाध्यक्ष राज कुमार हुमागाई सह कोषाध्यक्ष सिर्जु अधिकारी प्रवक्ता कुमार कार्की सचिव मन्जु गौतम र सूर्य श्रेष्ठ,रहेका छन् भने अन्य विवरण आउँन बाँकी रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार ०९:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।