गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको आवाज रहेको गीत चोलीको तुना सार्वजनिक भएको छ ।
गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् भने श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा रहेको छ ।
भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् भने उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । डेब्यु म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् । हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको छ ।

राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीत प्रति आशाबादी रहेको बताएका छन् । गायक कृष्ण काफ्लेका थुप्रै गीतहरू हिट भएका छन् । पर्ख पर्ख मायालु, देखन चम्पा , तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी लगायत काफ्लेका हिट गीतहरू हुन् ।
कृष्ण काफ्लेलाई नेपाली फिल्म क्षेत्रमा एउटा बेग्लै पहिचान बनाउन सफल र बहु आयामिक गायकको रूपमा लिइन्छ भने गायिका समीक्षा पनि अहिलेकी एक दमै चल्ती गायिका हुन् । दर्जनौँ गीतमा आवाज दिइसकेकी उनका गीतहरू थुप्रै हिट भएका छन् ।
भिडियाे लिकं:





















प्रतिक्रिया