कीर्ति पन्तको निर्माणमा ‘यातना गोठ’ डकुमेन्ट्री सार्वजनिक भएको छ । स्नेहा पन्त रशिशिर पन्तको प्रस्तुति रहेको यस भिडियो डकुमेन्ट्रीमा छाउपडी प्रथामा आधारित कथा रहेको छ ।
सुदूरपश्चिम क्षेत्रमा रहेको छाउपडी भित्र रहेको कुप्रथालाई डकुमेन्ट्रीमा देखाइएको छ । सुदूरपश्चिम क्षेत्रमा यो प्रथा अझै विद्यमान छ ।
डकुमेन्ट्रीमा समाजमा छाउपडी बार्दा किशोरीलाई हुने अनेक पीडा कुप्रथा घरपरिवारबाट हुने व्यवहार, घर, परिवार र समाजमा उनीहरुलाई हेर्ने दृष्टीकोण र देश र कानुनको अवस्थालाई पन्तले भिडियोमा उतारेका छन् ।
भरत यादवद्वारा लेखिएको कथा ‘यातना गोठ’ भिडियोको निर्देशन कीर्ति पन्त आफैंले गरेका हुन् । उक्त भिडियोमा डिके रावलको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा नरेश जोशी, नीलम भट्ट, रुपा विष्ट, दीपेन बिके, कृष्णदत्त जोशी, हेमन्त ओझा, किशोर ओझा, भूपेन्द्र पन्त आदिको अभिनय रहेको छ ।





















प्रतिक्रिया