Logo

मनोरञ्जन

‘आरआरआर’मा आलियालाई अरु अभिनेता भन्दा सर्वाधिक कम पारिश्रमिक



फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउने भएका छन् ।

यो दर्शकका लागि सन् २०२२ को सबै भन्दा ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय रहेकाे छ ।

मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम लिएकी छन् । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन् ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन भने अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन् । उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन् ।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन् । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन् । एजेन्सी

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार १५:५९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।