काठमाण्डाैँ । प्रधानमन्त्री शेरबहादुर देउबाले मल कारखाना स्थापना गर्न सरकारले सहयोग गर्ने भन्दै व्यवसायीलाई उत्साहित गरिरहेका बेला झापामा भने दुई दशकदेखि एउटा मल कारखाना बन्दको बन्दै रहेकाे छ।
झापा मेचीनगर-१४ मा रहेको रासायनिक मल कारखाना ‘लुना नेपाल केमिकल एन्ड फोर्टिलाइजर्स प्रालि २०५९ सालदेखि ठप्प छ। उक्त कारखाना वि.स् २०५९ सालमा १५ दिन चलेपछि बन्द भएको उद्योग अझै खुल भने सकेको छैन,’ कारखानाका पूर्वकर्मचारी होमनाथ सापकोटाका अनुसार उद्योगका मेसिनरी पार्टपुर्जा चोरिएर सकिसके। कारखानामा सिक्किमका पूर्वमन्त्री अशोक सुब्बाको एकल लगानी रहेकाे र झापाका केही व्यवसायी पनि साझेदार रहेकाे बताए ।
करिब ३० करोड लगानीमा २०४५ सालमै उद्योग स्थापना भएको थियो । तर, प्राविधिक कारण देखाएर २०५७ आट मात्रै उत्पादन सुरु गरिएको थियो । तर स्थापनाको वर्ष दिन नबित्दै उद्योग बन्द भएर उत्पादन ठप्प भएकाे छ। २०५७१ २०१८ मा ४/४ महिना र २०५९ मा १५ दिन मात्रै चलेपछि उद्योग बन्द भएको उद्योगका पूर्वकर्मचारी सापकोटाले जानकारी दिए । ‘त्यसपछि बन्द भएको भयै भयो, उनले भने, ‘दुई सयभन्दा बढी श्रमिकको विचल्ली भएकाे थियाे।
उद्योग बन्द हुनुको मुख्य कारण गुणस्तरहीन सामान उत्पादन रहेको एक पूर्वकर्मचारी बताए । ‘भारतबाट ल्याइएको बल मिसावट गरेर बजारमा पठाइन्थ्यो,’ उनले भने, ‘त्यही कारण उद्योग टिक्न गाह्रो भयो। उद्योगले कृषि विकास बैंकलगायतका बैंकबाट लिएको करोडौं रुपैयाँ ऋण तिर्न बाँकी थियो। करिब ५ वर्षअघि नै ऋण असुली न्यायाधिकरण काठमाडौंले लिलामको सूचनासमेत प्रकाशन गरेको थियो । तर लिलामी भए नभएको कुरा आफुलाई थाहा नभएकाे बताए। याे कान्तिपु दैनिकमा समार छ





















प्रतिक्रिया