काठमाण्डौँ । अख्तियमर दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपालका फुटकल संघ (एन्फा) का महिला फुटबल प्रमुख हरि खड्कामाथि प्रहरी छदाँ नक्कली योग्यताको प्रमाण पेस गरी बढुवा भएको आरोपमा बुभबार विशेष अदालतमा मुद्दन दायर गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्काबारे अख्तियारद्वार विज्ञप्तिमार्फत महानगरीय प्रहरी गण नं २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण केन्द्र (केन्द्रिय खेलकुद समिती) मा कार्यरत प्र.ना.नि. हरि खड्काको शैक्षिक योग्यता आईएको प्रमानणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान अुँदा निजले माध्यमिक शिक्षा परिष्द् वाराणसी उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुटा प्रमाण पेस गरी २०५५-०७-०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको जनाएको छ ।
साथै खड्काले प्रहरी सेवामा निरन्तर बहाल भई २०५९-०९-१४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई सरकारलाई हानिनोक्सानी पुर्याई आफूसमेतलाई लाभ हुने बदनियत राखेको बताइएको छ ।
साविक भ्रष्टाचार निवार ऐन २०१७ को दफा १६ को उपदफ (१) अनुसार कसुर गरेको प्रमाणित भएको दाबी गर्दै अख्तियारले खड्काविरुद्ध दण्डसजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान समेत रहेका खड्का पुरुष टिमका लागि सर्वाधिक गोलकर्ता पनि हुन् । उनीसँगै निराजन रायमाझीले १३ १३ गोल गरेका छन् । पुलिस क्लबका यी चर्चित फर्वाडले प्रशिक्षक र व्यवस्थापकको रुपमा केही पुलिस टिम सम्हालेपछि प्रहरी सेवाबाट पेन्सन पाक्न लागेको अवस्थामा राजीनामा दिएका थिए ।
एन्फ निर्वाचनमा प्रशिक्षक संघको अध्यक्षमा विनोद लामासँग पराजित खड्का चुनाव पछि सन् २०१९ मा राष्ट्रिय कहिला फुटबल टिमको मुख्य प्रशिक्षक भएका थिए । एएफसीको सहयोगमा महलिा फुटबल प्रमुखमा नियुक्त भएपछि उनले प्रशिक्षकबाट हटेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।





















प्रतिक्रिया