Logo

मनोरञ्जन

अभिनेत्री मौनी राय बैवाहिक बन्धनमा बाँधिइन्



काठमाण्डौँ । भारतीय बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिएकी छिन्।

मौनीले इन्भेष्मेन्ट बैंकर सुरज नाम्बियारसँग प्रेमविवाह गरेकी हुन्। गोवामा परिवार, साथी र कलाकारहरुमाझ मलयाली परम्परामा दुवैले आज लगनगाँठो कसेका हुन्।

कलाकार मौनीले आफ्नो बिहेको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन्। मौनीको प्रि(वेडिङ सेरेमोनीदेखि सबै विवाह गोवामा समपन्न भएको हो।

कोभिड १९ को तेस्रो लहर सुरु भएका कारण सीमित मानिसहरुबीच बिहे सम्पन्न गरिएको थियो भने विवाहमा आएका सबै अतिथिहरुसँग आरटी-पीसीआर रिपोर्ट पनि मागिएको थियो।

उनीहरु विगत लामो समयदेखि प्रेमसम्बन्धमा थिए। कर्नाटक स्थायी घर भएका सूरज दुबईमा इन्भेस्टमेन्ट बैंकरका साथै सिभिल इन्जिनियर पनि हुन्। उनीहरुको रिसेप्सन पार्टी भने मुम्बईमा हुने स्रोतले बताएको छ । मौनी टिभी सिरियलमा ‘नागिन’को भूमिकाबाट चर्चामा आएकी थिईन भने अब आगामी फिल्म ‘ब्रम्हास्त्र’मा देखिने भएकी छिन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०८:५९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।