सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किंदा २४ जना यात्रु घाइते भएका छन् ।
भैरहवाबाट वीरगञ्ज जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस, बिग्रिएर सडक छेउमा रोकीराखेको उखु लोड भएको ज २ त ७८१ नम्बरको ट्याक्टरमा ठोक्किएको हो ।
घाइतेमध्ये एक युवतीको अवस्था गम्भीर छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी रुपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर रहेको र उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरुमध्य जनकपुर र भरतपुरमा २–२ जनाको उपचार भइ रहेको छ भने ५ जनाको विरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सामान्य घाइते रहेका अन्यलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जनाएको छ ।
बससहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले छ ।





















प्रतिक्रिया