Logo

मनोरञ्जन

गीतकार प्रदिप चापागाईंको दुई दिने चोला सार्वजनिक



काठमाडौं । गीतकार तथा गायक प्रदिप चापागाईं र दिपा घिमिरेको स्वरमारहेको दुई दिने चोला सार्वजनिक भएको छ ।

सार्वजनिक भएको गीतमा प्रदिप चापागाईकै शब्द तथा सन्जिब सिंहको संगीत सुन्न सकिन्छ । गीतमा संगीत संयोजन बड्स ब्यान्डका सुदिप सिंहको छ।

प्रेम दिवसको अवसर परेर सार्वजनिक गरिएको गीतमा प्रकृति श्रेष्ठ र अनिल थापा देखिएका छन् । गीतको म्युजिक भिडियोलाई अष्ट्रेलियामा छायांकन गरिएको हो ।

नमित चन्द ठकुरीले निर्दशन गरेको म्युजिक भिडियोमा सिवानी भट्टराई र अमृत ढुंगानाको कथा ,सुप्रिम पराजुलीको सम्पादन र आदित्य जंग रानाको छायांकन समावेश गरिएको छ ।

प्रदिप चापागाईँ कै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको गीतमा एक जोडीको मिठो प्रेमकथा देखाईएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार १६:४१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।