ओखलढुंगा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ओखलढुंगाका ४७ विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि छनौट गरेका विद्यालयहरुमा ओखलढुंगाका ४७ वटा विद्यालय परेका हुन् ।
आठ स्थानिय तह रहेको ओखलढुंगाका एक नगरपालिकासहित ७ स्थानिय तहका ४७ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौटमा भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका अनुसार जिल्लामा सबैभन्दा बढि सुनकोशी गाउँपालिकामा १० वटा विद्यालय छनौटमा परेका छन भने सबैभन्दा कम चम्पादेवी गाउँपालिकामा ३ वटा विद्यालय छनौटमा परेका छन् ।
अन्य पालिकाहरुमध्ये मानेभञ्ज्याङ गाउँपालिकामा ८, मोलुङ र खिजीदम्बा गाउँपालिकामा ६–६ वटा, सिद्धिचरण नगरपालिकामा ५, लिखु गाउँपालिकामा ५ र चिशंखुगडी गाउँपालिकामा ४ वटा विद्यलाय छनौट भएका छन् ।
छनौट भएका सबै ४७ वटै विद्यालयमा आइसिटीका कार्यक्रम सञ्चालन हुने शिक्ष विकास तथा समन्वय इकाई ओखलढुंगा प्रमुख नेत्रप्रसाद गजुरेलले बताए । ओखलढुंगाका कुनै पनि विद्यालयलाई भौतिक निर्माणका लागि कार्यक्रम नपरेको उनले जानकारी दिएका छन् । छनौट भएका प्रत्येक विद्यालयले प्रति विद्यालय ६ लाख ५० हजार प्राप्त गर्नेछन् ।
प्राप्त बजेटबाट विद्यालयहरुले कम्पुटर, प्रिन्टर, ल्यापटप, इन्टरनेट जडान र ई लाईब्रेरी र अनलाइन कक्षा गर्ने सामाग्री खरिद गर्न सक्ने इकाई प्रमुख गजुरेले बताएका छन् ।
















प्रतिक्रिया