Logo

पत्रपत्रिका

मिलेमतोमा सहकारीको १ करोड ९० लाख घोटाला



काठमाडौं । विराटनगरस्थित ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटाला भएको छ।

यसमा लेखापाल ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल ५५ वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढाएको छ।

दुवै जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। लेखापाल सविलालले १ करोड ११ लाख ६२ हजार घोटाला गरेको दाबी सहकारी सञ्चालक समिति उपाध्यक्ष सर्वेलाल राजवंशीले गरे।

उपाध्यक्ष राजवंशीका अनुसार सहलेखापाल राजकुमारले ७८ लाख १७ हजार ४ सय २८ रुपैयाँ घोटाला गरेका छन्।‘सहकारीमा केही समयअघिदेखि नै रकम घोटालाको आशंका गरेका थियौं। लेखापरीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितताको पुष्टि भयो’, उपाध्यक्ष राजवंशीले भने, ‘त्यसपछि दुवै जनालाई बारम्बार रकम जम्मा गर्न आग्रह गर्दा पनि बेवास्ता गरे। त्यसपछि हामीले प्रहरीमा जाहेरी दियौं। बचतकर्ता र सेयर सदस्यको ठूलो रकम हिनामिना भएपछि हामी पनि तनावमा छौं।’ किशोर बुढाथोकीले अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०८:४९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।