Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक : एमाले सांसदको नाराबाजी चलिरहँदा बैठक कार्यसूचीमा प्रवेश 



काठमाडौं । प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेको छ । एमाले सांसदको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् । कार्यसूचीमा एमसीसी पेस गर्ने उल्लेख छ । 

बैठक कार्यसूची प्रवेश गरे पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदले नाराबाजी गरिरहेका छन् । बैठक सुरु भएलगत्तै सांसदहरूले एमसीसीको विरोध जनाएका थिए । 

एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद् अवरुद्ध गर्दै आएको छ । 
 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १४:१४   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।