Logo

मनोरञ्जन

रामकृष्ण ढकालको ’ए पहरी फूल’ सार्वजनिक( भिडियोसहित)



काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफुले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त बस्नेतले बताए । आफनी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ । पहरामा फुलेको पहरी फुलले जिवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताइन ।

प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।