Logo

अर्थ

काठमाण्डौमा अध्ययनरत विद्यार्थीलाई सरकारले विद्युतीय चुल्हो दिने



सरकारले विद्यार्थीलाई विद्युतीय (इन्डक्सन) चुल्हो बाँड्ने भएको छ।

दुर्गम तथा पिछडिएको क्षेत्रबाट अध्ययनका लागि काठमाण्डौमा बसेका विद्यार्थीका लागि विद्युतीय चुल्हो वितरण गरिने भएको हो। काठमाण्डौमा आई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो वितरण गर्नेछ।

अतिदुर्गम, पिछडिएका क्षेत्र र अन्य क्षेत्रलाई स्तरीकरण गरेर निःशुल्क र केही प्रतिशत छुट अनुदानमा विद्यार्थीलाई चुल्हो वितरण तयारीका साथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन खुला गरेको छ।

आन्तरिक विद्युत् उत्पादन बढ्दै गएपछि सरकारले विद्युत् खपत वृद्धि गर्न र नेपाली पुँजी बाहिरिनबाट बचाउन २ हजार वाट क्षमताको एकमुखे चुल्हो वितरण गर्नेछ। यसका वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चुल्हो खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार ०९:१४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।