Logo

प्रमुख समाचार

के एमाले प्रवेश गर्दैछन् करिश्मा र राजेश हमाल !



स्थानिय तहको निर्वाचन मिति नजिक आइरहेका बेला राजनीतिक दलहरुले निर्वाचन विशेष क्याम्पेनिङ देशभर चलाइरहेका छन् । पार्टी प्रवेश कार्यक्रम देखी फरक पार्टीका नेता कार्यकर्ता तानातानले चुनावी रौनकता छाएको छ ।

प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको देश दौडाह चलिरहेका बेला फिल्मी क्षेत्रका दुई हस्तीहरु राजेश हमाल र करिश्मा मानन्धर एमाले प्रवेश गर्ने हल्ला चलेको छ । एमाले अध्यक्ष केपी अ‍ोलीसँग निकै प्रभावित रहेका हमाल र मानन्धरको एमाले प्रवेशको हल्लाले बजार तताएको छ ।

कुनै बेला बावुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट राजनीतिमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धर भट्टराइको बोल्ने एउटा र गर्ने अर्को शैली देखेर दिक्क मानेर राजनीति बाहिर रहेकी थिइन् । पछिल्लो समय एमाले अध्यक्ष केपी अ‍ोलीसँग उनको निकै भेटघाट निकै बाक्लिएको छ ।

कक्षा १२ को परिक्षा तयारी गरिरहेका बेला ओलीले फोन गरेर प्रोत्साहित गरेपछि दंग परेकी मानन्धरले छोटो समयमै दुई पटक ओलीसँग भेट गरेकी छिन् । ओलीलाई बा भन्दै आदर गर्ने गरेकी उनी एमाले प्रवेश गर्ने अन्तिम तयारीमा पुगेको बताइएको छ ।

यता महानायक राजेश हमालले पनि एमाले प्रवेश गर्न लागेको चर्चा बजारमा चलेको छ । पहिले देखीनै एमाले अध्यक्ष केपी ओलीसँग नजिक रहेका र ओलीको भिजन देखी प्रभावित भएका हमालले काठमााडौँको मयेर बन्ने आकांक्षा राखेको बताइन्छ ।

प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा हमालले नेताहरुले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् । ‘शहरलाई ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर होकि ढंगै नपुगेर होकि, एकपटक काठमाडौं शहरको मेयर बन्नुपर्छ कि क्या हो म ।

ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै शहरको अस्तब्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन् । ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको यो इच्छालाई महत्वका साथ हेर्न थालिएको छ ।

रिलमा मेयर बन्ने इच्छा व्यक्त गरेका हमालले रियलमा पनि त्यहि इच्छा राखेको उनी निकटस्थहरुले बताएका छन् । पारिवारिक रुपमा पनि कुटनीति परिवारको पृष्ठभूमि भएका हमालले एमाले पार्टीबाट राजकिय जिम्मेवारी पाए लिने चाहना राखेको बताइन्छ । यस थप ठोस कुरा भने बाहिर आइसकेको छैन ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार ०९:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।