Logo

प्रमुख समाचार

मधेशकालाई मन्त्री बनायो भने मधेशी नेताहरू भन्न आउँछन् : उनको क्यु बनाया ? : अध्यक्ष ओली 



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशका नेताहरूलाई मन्त्री बनायो भने मधेशी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन् ।

मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेशी नेताहरूबीचमा एकआपसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन् । 

‘मधेशी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसका क्यु मन्त्री बनाया ?’ ओलीले भने । उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनु पर्ने बताए । 

‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलबस्तुमा भइसकेको छ,’ ओलीले भने, ‘राम्रो र मिलेर बसेको समाजलाई द्धन्दमा फसाउन सक्छन्, सबै सचेत हुनुपर्छ ।’ मुस्लिम समुदायले मानवीय भावना सिकाउन पछि पर्न नहुने भन्दै ओलीले धार्मिक स्राम्पदायिक जोगाउन जोड दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार १४:५४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।