Logo

शिक्षा

हावाहुरीले उडायो विद्यालयको छाना



खोटाङ । हावाहुरीले खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभूत विद्यालयको छाना उडाएको छ । 

बिहीबार साँझ चलेको हावाहुरीले साबिकको बोपुङ–४ खरबारीस्थित विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो । हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको छ । 

छाना उडाएपछि कन्यछाँगा आधारभूत विद्यालयका विद्यार्थी खुला आकाशमुनि बस्न बाध्य बनेका छन् । हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य बनेका छन् । 

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार २०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।