सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु गर्न लागेको हो ।
एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा सहभागी हुने भएका छन् ।
सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
प्राविधिक धार तर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय ईकाई प्रमुख महतोले जनाए ।
अघिल्लो २ वर्ष सम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ ।
















प्रतिक्रिया