काठमाण्डौ । भू-माफिया रामनारायण ठाकुरले व्यक्तिगत जग्गा सडकमा जोड्न नदीको धार परिवर्तन गर्न पर्साको विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साहलाई पाँच लाख रुपैयाँ दिएर केश रफा दफा गरेको बताएका छन् ।
ठाकुरले ढँगई नदिको धार परिवर्तन गरी व्यक्तिगत जग्गालाई सडकमा जोडेको खबर सार्वजनिक भएपछि ठाकुरले कारबाहीबाट जोगिन गाउँपालिका अध्यक्षलाई पाँच लाख रुपैयाँ र स्थानीय प्रशासनमा पनि सेटिङ मिलाएको स्रोतले जनाएको छ ।

केही दिन अघि यस विषयमा अनलाइनपानासँग कुरा गर्दै जग्गा कारोबारी ठाकुरले नै विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साहले उक्त केस मिलाउन २५ लाख रुपैयाँ मागेको बताएका थिए । सो सम्बन्धमा समाचार सार्वजनिक भएपछि ठाकुरले गाउँपालिका अध्यक्ष साहलाई पाँच लाख दिने सहमति गरेर सो केस मिलाएको ठाकुरले बताएका हुन् ।
यस सम्बन्धमा पालिका अध्यक्ष साहसँग बुझ्न खोज्दा उनले सो जग्गाको विषयमा आफूले कसैसँग पैसा नखाएको बताए । उनले धार परिवर्तन गरिएको नदिलाई पुरानै धारमा फर्काउने समेत प्रतिबधता जनाएका थिए र एक हप्ता समय दिन भनेका थिए तर त्यस सम्बन्धमा अहिलेसम्म कुनै काम कारवाही नहुँदा अध्यक्ष शाहले पैसा खाएको आशंका गर्ने ठांउ पशस्त रहेको छ ।





















प्रतिक्रिया