Logo

खेलकुद

प्रदेश फुटबलको निर्वाचन स्थगित




काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन स्थगित भएको बताएको हो । 

यसअघि एन्फाले १३ वैशाखमा पत्र काट्दै प्रदेश संघको निर्वाचन १९ देखि २४ वैशाखसम्म  गर्न परिपत्र गरेको थियो । तर, निर्वाचन समस्या तथा विवाद समाधान समितिको बैठकले विविध कारण प्रदेश फुटबल संघको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । 
 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १६:३१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।