Logo

अन्तर्राष्ट्रिय

रोबोटलाई दिइयो खानेकुरामा नुन चाख्न सक्ने तालिम



संसारमा यस्ता धेरै रोबोटहरु छन् जसले मानिसहरुले गर्ने जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सक्छन् । रोबोटले आफ्ना क्षमताहरु विकसित गर्दै लगेको छ ।

यस्तोमा एक रोबोटलाई खानाको स्वाद थाहा पाउन सक्ने तालिम दिइएको छ । खाना पर्याप्त नुनिलो छ कि छैन भनेर मानिसले जस्तै पत्ता लगाउन सक्नेगरी रोबोटलाई खानेकुरा चपाउने प्रक्रियाका विभिन्न चरणहरूमा ‘स्वाद’ लिन सक्ने तालिम दिइएको हो ।

क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसले स्वचालित प्रकृयाबाट खाना तयार गर्न मद्दत गर्न सक्ने बताएका छन् । ‘अमलेट’ बनाउने तालिम यसअघि नै पाइसकेको सो रोबोटले ‘स्क्र्याम्बल’ गरिएको अण्डा र टमाटरको परिकारको स्वाद लिएको थियो ।

अनुसन्धानका सह-लेखक डा आर्सेन अब्दुलालीले यो तालिमले रोबोटलाई ‘राम्रो कुक’ बनाउन सक्ने बताए ।

अनुसन्धानका अनुसार रोबोटले चपाउने प्रक्रियाको तीन फरक चरणमा ‘स्क्र्याम्बल’ गरिएको अण्डा र टमाटरका ९ भिन्न स्वाद लिएको थियो ।

चपाउँदा खानाको ‘टेक्स्चर’मा आउने परिवर्तनलाई रोबोटको लागि सहजीकरण गर्न अनुसन्धान टोलीले अण्डाको मिश्रणलाई ब्लेन्डरमा मसिनो पारेर रोबोटलाई स्वाद लिन गर्न दिइएको थियो ।

रोबोट सेफले स्वाद लिन सकोस् भनेर अनुसन्धानकर्ताहरूले रोबोटको हातमा नुनिलोपन मापन गर्न सक्ने सेन्सर जडान गरिदिएका थिए। सोही सेन्सरको प्रयोग गरेर रोबोटले खण्ड-खण्डमा खानाको स्वाद लिएको थियो। जसको ‘रिडिङ’ रोबोटले केही सेकेण्डमै दिएको थियो ।

रोबोटले विभिन्न खण्डको स्वादको ‘रिडिङ’लाई एउटा ढाँचामा उतारेको प्रस्तुत गरेको थियो ।

अनुसन्धानकर्ताहरुले ‘पकाउँदै स्वाद लिने’ तालिमले रोबोटको नुनको स्वाद मूल्याङ्कन गर्ने क्षमता छिटो र सही रूपमा विकास भएको पाएका छन् । एजेन्सी

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ०७:११   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।