Logo

मनोरञ्जन

अभिनेता राजेश हमालले वैवाहिक आठ वर्ष पुगेको उपलक्ष्यमा राखे तस्बिर सामाजिक सञ्जालमा



काठमाडौं । अभिनेता राजेश हमालले वैवाहिक वर्षगाँठ आठ वर्ष पुगेको उपलक्ष्यमा आठैवटा तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।

फेसबुकमा तस्बिर राख्दै हमालले भनेका छन्, हामीले आजकै दिनमा विवाह भएको हो, समय बितिरहन्छ ।

अभिनेता हमाल लामो समय अविवाहित रहे । यसले गर्दा उनको विहेका बारेमा मिडियाले धेरैपटक प्रश्न उठाए । उनले टार्दै गएका थिए ।

तर, विसं २०७१ वैशाख १० गते विराटनगरकी मधु भट्टराईसँग ५२ वर्षको उमेरमा हमालले विवाह गरे ।

लामो समयको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरेको उनले पछि खुलासा गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १५:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।