Logo

मनोरञ्जन

गायिका शान्तीश्री परिवार र विजय सनमको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक [भिडियो सहित]



काठमाडौं । गायिका शान्तीश्री परिवार र विजय सनमको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘भाग्यमा छैन’ सार्वजनिक भएको छ । सन्तोष पन्तको शब्द रहेको गीतमा गायक विजय सनमले नै संगीत दिएका छन् ।

पशुपति म्युजिकले बजारमा ल्याएको गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् । शिव पौडेल निर्माता रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सारिक केसी, शिशिर पौडेल, दीप काफ्लेको अभिनय देख्न सकिन्छ ।
बिनोद भण्डारीको निर्देशन रहेको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १६:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।