Logo

मनोरञ्जन

‘कबड्डी ४’की नायिका गौमायाको नयाँ फिल्म ‘गोर्खा’ साउनमा रिलिज हुने



काठमाडौं । भिक्टोरिया क्रस विजेता कुलवीर थापाको बायोपिक फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ आगामी साउनमा नेपालमा रिलिज हुने भएको छ ।

अहिले हलमा चलिरहेको ‘कबड्डी ४’की अभिनेत्री गौमाया गुरुङको मुख्य भूमिका यो फिल्ममा छ । बेलायतमा छायांकन भएको फिल्मको अहिले सम्पादन भइरहेको छ ।

२५ सेप्टेम्बर १९१५ मा फ्रान्सको लुसमा बेलायती सेनाले गरेको आक्रमणको घटनामा फिल्म आधारित छ । उक्त आक्रमणमा गोर्खा राइफल्सका सैनिक थापा घाइते भएका थिए । घटनामा बाँच्न सफल उनी त्यसपछि अन्य घाइतेहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई भिक्टोरिया क्रस पदक प्राप्त भयो । उनी यो पदक पाउने पहिलो गोर्खा सैनिक बने ।

शाही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गौमायासहित समीर गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ र सूर्य गुरुङको अभिनय छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १३:४५   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।