Logo

मनोरञ्जन

‘डाँडाको वर पिपल’ फिल्म यूट्युबको १ नम्बर ट्रेन्डिङमा (फिल्मसहित)



काठमाडौं । नेपाली फिल्म ‘डाँडाको वर पिपल’ गत वर्षको असोजमा हलमा रिलिज भएको थियाे । साे फिल्म यतिबेला यूट्युबमा सार्वजनिक भइसकेको छ ।

हलमा दर्शकको खडेरी परेर फ्लप भएकाे फिल्मले यूट्युबमा भने लोभलाग्दो भ्युज पाइरहेको छ । सार्वजनिक भएको ३ दिनमा सोमवार साँझसम्म फिल्मलाई १३ लाख २० हजारले हेरिसकेका छन् । फिल्म अहिले यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । 

शोभित बस्नेतको निर्देशनमा तयार फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा लगायतका कलाकारको अभिनय छ । पारिवारिक कथामा बनेको फिल्म नवराज गिरीले निर्माण गरेका हुन् ।

फिल्मको प्रचारप्रचारको समयमा ‘महानायक’ विवाद चर्किएको थियो । फिल्मका निर्देशक बस्नेत, अभिनेताहरू भ्ुवन केसी र शिव श्रेष्ठले निकालेको ‘महानायक’को विवादमा पछि शोभितले माफी नै माग्नुपरेको थियो ।

सोही विवादका कारण पनि फिल्मको व्यापारमा असर गरेको धेरैले अनुमान गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार ०९:४३   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।