सन् २०१८ मा आनन्द एल रायको जिरोपछि फिल्मबाट लामो समय ब्रेक लिएका शाहरुख खानको सन् २०२३ मा तीन वटा फिल्म प्रदर्शन हुने भएको छ ।
यशराज प्रोडक्सनद्वारा निर्मित एक्सन स्पाइ ड्रामामा देखिने शाहरूख खानले एक्सन प्याक कमब्याक गर्ने भएका छन् ।
यसबाहेक उनी राजकुमार हिरानीको फिल्म डंकी र साउथ फिल्ममेकर एटली कुमारको फिल्म जवानमा पनि मुख्य भूमिकामा देखिनेछन् ।
शाहरूखले आफ्ना तीन वटै फिल्म पठान, डंकी र जवानको औपचारिक घोषणासँगै टिजर र रिलिज मितिसमेत घोषणा गरेका छन् ।
उनका तीन वटै फिल्म सन् २०२३ मा रिलिज हुने भएका छन्। तीनवटै फिल्म बिग बजेटका हुन्। तीन वटै चलचित्रको कुल बजेट ५ सय करोड भारू हुने अनुमान गरिएको छ ।
पठान – २५ जनवरी २०२३
पठानको कुरा गर्दा यो फिल्ममा शाहरूखसँगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
यसबाहेक पठानमा सलमान खानको क्यामियो पनि छ जुन फिल्मको हाइलाइटमा रहनेछ । पठान २५ जनवरी २०२३ मा हिन्दीका साथै तमिल र तेलुगुमा रिलिज हुनेछ ।
जवान – २ जुन २०२३
जवानको कुरा गर्दा यो फिल्ममा शाहरुखसँगै नयनतारा, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
यो एक एक्सन मनोरञ्जनात्मक फिल्म हो । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा जुन २, २०२३ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज हुनेछ । जवान रेड चिलीज इन्टरटेनमेन्टद्वारा प्रस्तुत फिल्मलाई गौरी खानले निर्माण गर्नेछन् ।
डंकी – २२ डिसेम्बर, २०२३
तापसी पन्नु डंकीमा पहिलो पटक शाहरूखको अपोजिटमा देखिनेछिन् ।
राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्म कमेडीसँगै भावनात्मक ड्रामा हो । जियो स्टुडियो, रेड चिलीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सले संयुक्त रुपमा चलचित्र प्रस्तुत गर्नेछन् । डन्की २२ डिसेम्बर २०२३ मा रिलिज हुनेछ ।





















प्रतिक्रिया