Logo

मनोरञ्जन

अब हरेक शुक्रबार ओ एस आर मुभिजमा ‘मालामाल’



काठमाडौं । कमेडी सिरियल ‘मालामाल’ अब दर्शकहरुले हेर्न पाउने भएका छन् । ओ यस आर डिजिटलको प्रस्तुति रहेको उक्त सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलले चाँडै नै दर्शकको मन जित्ने परिकल्पनाकार तिलक कोइरालाको दाबी छ ।

यसमा अभिनय गर्ने कलाकारहरु राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रिन तामाङ, ठाकु गुरुङ, चन्द्र पाण्डेय, तिलक कोइरालालगायत रहेका छन् भने नेपालकै कान्छी स्ट्यान्डप कमेडियन सुयशा खनालको पनि अभिनय रहने छ ।

दिलिप विष्टको छायाङ्कन रहेको यस सिरियलमा संगीत संयोजन विनय कार्कीले गरेका छन् भने सम्पादन सन्दिप चौधरीको रहेको छ । तिलक कोइराला र चन्द्र पाण्डेयको लेखन रहेको यस सिरियलका निर्देशक सन्तोष खनाल हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार १४:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।