Logo

मनोरञ्जन

ओरेन्ज बिकिनीमा अनुष्काको ‘बिच लुक’



हिजो आज अनुष्का शर्मा आफ्नो परिवारसँग माल्दिभ्समा आफ्नो महत्वपूर्ण समय बिताइरहेकी छिन् । उनी आफ्नो छुट्टीबाट सन्तुष्ट लिन उनी माल्दिभ्स पुगेकी हु्न् । यतिबेला अनुष्काको सुन्तला रंगको बिकिनीमा आफ्ना तस्विरहरू सामाजिक संन्जालमा पोष्ट गरेकी छिन् । बिकिनीमा नायिकाहरुको लुक्स धेरे राम्रो देखिने गरेको छ । अनुष्काको यो फोटोले सबै दर्शकहरुको मन जितेको छ ।

नायिका पनि सुन्तला रंगको बिकिनीसँग मिल्दोजुल्दो रंगको श्रग बोकेकी छिन् । नायिकाले टोपी र ट्रेन्डी नेकपिस लगाएर आफ्नो लुक पूरा गरिन् । बिकिनीमा अनुष्का शर्माको बिना मेकअप लुक अति राम्रो छ । यस लुकमा अनुष्काले आफ्ना दुई तस्बिर सेयर गरेकी छिन् । पहिलो तस्बिरमा अनुष्का क्यामेरातिर हेर्दै पोज दिईरहेकी छिन् । उनको अनुहारमा रहेको ठुलो मुस्कानले अभिनेत्रीको लुक थपिरहेको छ ।

त्यस्तै दोस्रो तस्बिरमा उनी क्यामेराबाट टाढा उभिएकी छिन् । उनको तस्बिरको पृष्ठभूमिमा निलो आकाश र समुद्रको सुन्दर दृश्यसँगै अभिनेत्रीको लुकले अभिनेत्रीको तस्विरको सौन्दर्यलाई दोब्बर बनाएको छ ।

अनुष्काको लुक देखेर फ्यानहरु छक्क परे

अनुष्काको बिकिनी तस्विरमा फ्यानहरूको मन छोयो । एक घण्टामा तस्विरमा ७ लाखभन्दा बढी लाइक आएका छन् र यो संख्या लगातार बढिरहेको छ । फ्यानहरु पनि अभिनेत्रीको तारिफ गर्दा थाकेका छैनन् ।

अनुष्काको तस्बिरमा फ्यानहरूले बिभिन्न कमेन्ट लेखेर अभिनेत्रीको तारिफ गरिरहेका छन् ।

अनुष्का शर्माको एकल तस्विरले सामाजिक सञ्जालको तापक्रम बढाएको छ । अभिनेत्रीको फोटो जताततै छ। अनुष्काको लुकले फ्यानलाई पागल बनाएको छ ।
अनुष्का शर्मा चाँडै नै आफ्नो आगामी फिल्म चकडा एक्सप्रेसमा देखिने भएकी छिन् । यो फिल्मबाट अनुष्का लामो समयपछि पर्दामा फर्किएकी छिन् । फ्यानहरु अहिले आफ्नो मनपर्ने स्टारलाई ठूलो पर्दामा हेर्न पर्खिरहेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आईतवार १७:१६   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।