Logo

मनोरञ्जन

सुरेन र प्रतिमाको राधा प्यारीमा गरिमा र प्रिन्सको रोमान्स (भिडियोसहित)



काठमाडौं । गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ दिएका छन् ।  

भिडियोमा राधाको भूमिकामा देखिएकी गरिमा कृष्ण बनेका प्रिन्ससँग खुलेकी छिन् । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन विक्रम चौहानले गरेका हुन् भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयंकै छ । 

प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन  र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् ।   

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १७:५२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।