Logo

समाचार

तीनपाटन–८ द्वारा टेलिकमको टावर नियमित संचालका लागि प्राधिकरणको ध्यानाकर्षण



काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. ८ ले काउले भज्याङमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएको भन्दै दूरसंचार प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सो टावरमा अहिले फिक्कलमा रहेको सोलारबाट संचालित टावरबाट लिंकप गरिएको छ ।

फिक्कलको उक्त टावरमा घाम नलाग्दा समस्या आउने गरेको भन्दै काउले भज्याङमा रहेको टावरमा अन्य ठाउँबाट लिंकप गराउन वडा नं. ८ ले प्राधिकरणलाई पत्र लेख्दै आग्रह गरेको हो । काफले भज्याङस्थित टावर गत १५ जेठदेखि फिक्कलमा रहेको टावरबाट लिंकप गरेर संचालमा ल्याइएको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १३:५५   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।