Logo

मनोरञ्जन

‘सालार’मा दुई प्रभास



एजेन्सी । अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्बिर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ ।

हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ । फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो ।

एक्सन थ्रिलर फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् । फिल्म सन् २०२३ सम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १५:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।