काठमाडौं । प्रदर्शनको तेस्रो साता घरेलु बक्स अफिसमा सबै फिल्मले बनाएका चलचित्रको रेकर्ड ब्रेक गर्दै ‘कबड्डी ४’ ले २१ करोड ३७ लाख कमाएको छ । प्रदर्शनको तेस्रो सातासम्म आक्रामक व्यापार गरेको यस फिल्मले तेस्रो सातापछि भने औसत कमाइ गरेको थियो ।
यसअघि दीपकराज गिरीको ‘छक्का पन्जा ३’ले उच्च कमाइको रेकर्ड कायम राखेको थियो । उक्त फिल्मको रेकर्ड समेत ब्रेक गरेको यो फिल्मले काठमाडौं उपत्यकाबाट मात्रै ११ करोड ५८ लाख र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
सिक्किम बाहेक भारतका अन्य सहरमा पनि यो फिल्मले राम्रो कलेक्सन गरेको छ। रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’ अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हलमा अहिले पनि प्रदर्शन भइरहेको छ। सिक्किममा भने फिल्मले बोद्ध धर्मको अपमान गरेको भन्दै चौतर्फी विरोध भएपछि अहिले प्रदर्शन हुन सकेको छैन ।





















प्रतिक्रिया