Logo

मनोरञ्जन

देवेन्द्र  पुनको शब्द, संगीतमा ‘तिमीलाई माया’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक उत्तम मगरको सुमधुर स्वरमा सजिएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  प्रेमिल शैलीको यस गीतमा देवेन्द्र पुनको शब्द, संगीत रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ (डार्क एन्जल) र रजनी  राईको अभिनय रहेको छ ।  युवा प्रेम र आकषर्णलाई प्रस्तुत गरिएको भिडियोमा प्रेमीले प्रेमिकालाई  देखाउने माया र प्रेमिकाले प्रेमी प्रति गर्ने शंकालाई आधार बनाएर प्रस्तुत गरिएको छ।

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोलाई विजेश पौडेलले सम्पादन गरेका हुन् ।  मौसमी गुरुङ (डार्क एन्जल) को निर्देशनमा भिडियो तयार पारिएको हो । ‘डेमो क्रियशन’ नामक य़ुट्युव च्यानल मार्फत  भिडियो सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १७:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।