एजेन्सी । गत वर्ष रिलिज भएको चलचित्र ‘पुष्पाः द राइज’ले बक्स अफिसमा धमाका मच्चाएको थियो । साउथ अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्डन्नाको फिल्मले साउथमा मात्र नभई हिन्दी बेल्टमा पनि राम्रो चर्चा पायो ।
यसको गीत र संवादले पनि दर्शकलाई छक्क पारेको छ । फलस्वरूप यो चलचित्र यति लोकप्रिय भयो कि दर्शकहरु अहिले यसको दोस्रो भाग ‘पुष्पा २ द रुल’ को प्रतिक्षामा छन् । यदि तपाई पनि ‘पुष्पा २’ को प्रतिक्षामा हुनुहुन्छ भने यो प्रतिक्षाको घडि सकिन धेरै समय छैन् ।
कहिले आउला पुष्पको दोस्रो भाग ?
मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनको फिल्म अब अगस्टसम्म फ्लोरमा जानेछ । ६ महिनाभन्दा बढीको यो कार्यक्रममा धेरै एक्शन सिक्वेन्स खिचिने छन् । यी एक्शन दृश्यहरू भारतीय सिनेमाको अहिलेसम्मकै महँगो दृश्यहरूमध्ये एक हुने बताइएको छ । यसपछि पोस्ट प्रोडक्सनको काम हुनेछ । अर्थात् फिल्म अब २०२३ को मध्यमा रिलिज हुने अपेक्षा गरिएको छ ।
श्रीवल्लीको क्यारेक्टरलाई कम सीन !
दोस्रो पार्टमा अल्लु अर्जुनले निर्वाह गरेको ‘पुष्पा’ चरित्र फहद फासिलले निभाएका ‘बनवर सिंह शेखावत’ पात्रसँग टक्कर हुनेछ । पहिलो भागमा पुष्पाको भूमिकामा अल्लु अर्जुन र श्रीवल्लीको भूमिकामा रश्मिका मन्डन्नाले आफ्नो अभिनयले फ्यानहरूलाई प्रभावित पारे।
फिल्मको दोस्रो पार्टमा पनि दुबैको जबरदस्त केमेस्ट्री देखाइने दर्शकले अपेक्षा गरेका थिए । तर, रिपोर्टमा विश्वास गर्ने हो भने, दोस्रो भागमा श्रीवल्लीको क्यारेक्टरलाई कम सीन दिइएको छ । यति मात्र होइन, पुष्पा पार्ट २ मा श्रीवल्लीको मृत्यु हुनेछ । फिल्ममा खलनायक (फहद फासिल)ले श्रीवल्लीको हत्या गरेको देखिने छ।





















प्रतिक्रिया