काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार ८.८७ अंकले घटेको छ । दुई घण्टा भएको बारोबारमा ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।
यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ । शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।





















प्रतिक्रिया