काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टले फिल्म ‘जुनियर एनटीआर ३०’ छोड्ने निर्णय गरेकी छन् ।
केही समयअघि ‘आरआरआर’को प्रोमोशनमा आलिया आफैले दक्षिण भारतीय अभिनेता जुनियर एनटीआरसँग अर्काे फिल्ममा पनि काम गर्ने बताएकी थिइन् । भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार आमा बन्ने भएपछि आलियाले फिल्म छोड्ने निर्णय गरेकी हुन् ।
यो फिल्मलाई कोरतल्ला शिवाले निर्देशन गर्दैछन् । आलियाले कोरतल्लासँग काम गर्न उत्साहित रहेको समेत बताएकी थिइन् । फिल्ममा आलिया र जुनियर एनटीआरको मुख्य भूमिका हुने थियो । फिल्मको लागि आलिया र निर्माण टिमबीच मौखिक सम्झौता पनि भएको थियो ।
‘गंगूबाई काठियावाडी’ र ‘आरआरआर’ सुपरहिट भएपछि आलिया अभिनेता रणवीर कपूरसँग ‘ब्रह्मास्त्र’मा देखिँदैछिन्।
आयन मुखर्जी निर्देशित फिल्ममा आलिया र रणवीरसँगै अमिताभ बच्चन, नागार्जुन र मोनी रोयको मुख्य भूमिका छ । सुपर-पावर फिल्म आगामी सेप्टेम्बर ९ अर्थात् भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ ।





















प्रतिक्रिया