Logo

खेलकुद

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

कप्तान सन्दीपलाई एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

डम्बुलाले सन्दीपलाई ४० हजार डलरमा अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

कुल २४ खेलहरु हुने तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १०:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।