Logo

मनोरञ्जन

प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को टिजर सार्वजनिक, फिल्म असोज १४ देखि प्रदर्शनमा



काठमाडौं । गायक, गीतकार, संगीतकार तथा म्युजिक भिडियो निर्देशक, अभिनेताको रुपमा बेग्लै पहिचान बनाएका प्रकाश सपुतको पहिलो फिल्म ‘परदेशी-२’को ‘टिजर’ सार्वजनिक भएको छ ।

नारायण रायमाझीको निर्देशनमा बनेको फिल्मको टिजर शुक्रबार यूट्युब मार्फत सार्वजनिक गरिएको हो । 

फिल्ममा नेपालीहरूको अमेरिका मोहको चित्रण गरिएको टिजरमा देख्न सकिन्छ । फिल्ममा प्रकाश मुख्य भूमिकामा देखिँदैछन् । रमेश बिजीको कथामा बनेको फिल्म रिमा इन्टरटेन्मेन्टले निर्माण गरेको हो । 

नारायणकै निर्देशनमा बनेको फिल्म ‘परदेशी’ व्यवसायिक रूपमा सफल भएको थियो । फिल्मका गीत आज पनि उत्तिकै रुचाइन्छ । ‘परदेशी’मा पूर्व इन्डियन आइडल प्रशान्त तामाङ मुख्य भूमिकामा देखिएका थिए भने फिल्मका गीतमा स्वर पनि दिएका थिए ।

लोक संगीतको पृष्ठभूमिबाट आएका लेखक, निर्देशक तथा कलाकार भएकाले ‘परदेशी २’ का गीतमा पनि लोक तथा झ्याउरे ‘फ्लेवर’ आउने देखिन्छ । फिल्ममा रहेका गीतको केही अंश टिजरमा पनि देखिएको छ । 

फिल्ममा प्रकाश बाहेक दिलिप रायमाझी, केकी अधिकारी, वर्षा सिवाकोटी, देवेन्द्र बब्लु, निर शाह, रमा थपलिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अघिल्लो फिल्मका मुख्य नायक प्रशान्त पनि ‘केमियो’ रोलमा देखिनेछन् । 

फिल्म दशैँको छेको पारेर असोज १४ देखि प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार ०९:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।