Logo

खेलकुद

इंग्ल्यान्डसँग भारतको खराब हार





काठमाडौं, ३१ असार

इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।

भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।