Logo

खेलकुद

भीएनएल: अमेरिका र इटाली सेमिफाइनलमा





काठमाडौं,

अमेरिका र इटाली भलिबल नेस्नल लिग (भीएनएल) को सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा अमेरिकाले ब्राजिल तथा इटालीले नेदरल्यान्डलाई समान ३-१ को सेटमा पराजित गर्‍याे ।

पहिलो क्वाटरफाइनल खेलमा अमेरिकाले २०-२५, २५-२२, २५-२३, २५-१७ को जित निकाल्यो । यता, इटालीले २१-२५, २५-२२, २५-१३, २५-२२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । 

अब, अमेरिकाले फाइनल प्रवेशका लागि पोल्यान्ड र इरानसँगकाे विजेतासँग खेल्नेछ । यस्तै, इटालीले फ्रान्स र जापानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार १०:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।