Logo

अन्तर्राष्ट्रिय

अक्षय कुमार फेरि बने सबैभन्दा धेरै कर तिर्ने कलाकार



एजेन्सी/मुम्बई । बलिउड अभिनेता अक्षय कुमार फेरि सबैभन्दा बढी कर तिर्ने कलाकार बनेका छन् । अभिनेतालाई हालै आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मानपत्र दिँदै इन्टरटेन्मेन्ट इन्डस्ट्रीमा अक्षय सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेको बताएको छ । 

यसअघि अक्षयले सन् २०१७ मा २९.५ करोड भारु कर तिर्दै सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेका थिए । साथै सन् २०१४/०१५ मा पनि अक्षय सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका थिए ।

सन् २०१८ मा अक्षय विश्वको सबैभन्दा धेरै कमाइ गर्ने सूचीको सातौँमा परेका थिए । फोर्ब्सले उनलाई सातौँ स्थानमा राखेको थियो ।

नवभारत टाइम्सका अनुसार, उनले पछिल्लो रिलिज चलचित्र ‘पृथ्वीराज’ का लागि भारु ६० करोड पारिश्रमिक लिएका थिए ।त्यसैगरी एउटा विज्ञापनका लागि अक्षय ८ देखि १० करोड भारु पारिश्रमिक लिने गर्छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आईतवार १७:३८   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।