Logo

राजनीति

बन्द प्रभाव : कोटेश्वरमा महानगर यातायातमाथि तोडफोड



काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ। महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड भएको हो ।  

कोटेश्वरबाट बालकुमारी तर्फ जाँदै गरेको उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ । आज बिहान साढे ६ बजे ५ जनाको समूहले एक्कासि आएर ढुङ्गा प्रहार गरी भागेका थिए ।  

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०७:४७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।