Logo

राजनीति

नेकपा एमालेको चुनाव केन्द्रित बैठक आजवाट सुरु



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन  केन्द्रीय तहका बैठकहरु आजवाट सुरु हुने भएको छ ।

मंगलवार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आब्हान गरिसकेको छ ।

आज विहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

सो बैठकले संघीय तथा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार ०८:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।