काठमाडौं । नेकपा एमालेले देशभक्त वामपन्थी शक्तिहरूसँग चुनावी तालमेलका लागि ढोका खुलै राखेको बताएको छ । एमाले नेता पृथ्वीसुब्बा गुरुङले तालमेलमा आउन चाहने सबै वामपन्थी देशभक्त शक्तिहरूलाई स्वागत गर्ने बताए ।
‘तालमेल नभई चुनावमै जानु हुँदैन भन्ने मानसिकतामा छैनौ’, शुक्रबारको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘तालमेलमा आउन चाहने सवै वामपन्थी देशभक्त शक्तिहरूलाई स्वागत छ, हाम्रो ढोका खुलै छ । तर अन्तिम शक्ति आफ्नै हो त्यसमा भर पर्छौ ।’
नेता गुरुङले १८ लाख पार्टी सदस्य थप्ने अभियानमा पार्टी लागेको पनि बताएका छन् । हाल एमालेका नौ लाख संगठित सदस्य रहेको भन्दै ती सबैले २ जनाका दरले थप्दा १८ लाख सदस्य थपिने उनले बताए ।




















प्रतिक्रिया