काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सचेतक विश्वकर्माले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर बालेनले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति जनाए । ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव । हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ?’ उनले भने ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए । उनले गल्ती गर्नेहरुलाई मेयरले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको आरोप लगाउँदै यस्तो गतिविधिले राजनीतिक प्रणालीमाथि नै आघात पुर्याउने बताए ।




















प्रतिक्रिया